‘विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि देऔं’

‘विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि देऔं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरबाट साढे चार वर्षे (नौ समेष्टर) पार गरेका विद्यार्थीको विदाई गरेको कार्यक्रमका वक्ताहरुले यस्तो जोड दिएका हुन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा पदमबहादुर शााहीले विद्यार्थीलाई ज्ञानसँंगै शीप पनि दिने प्रयास भइरहेको जनाए । ‘पहिलो आवश्यकता त ज्ञान नै हो,’ उनले भने, ‘ज्ञान पाएपछि काम गर्ने हो र त्यसैबाट उनीहरुले शीप सिक्छन् ।’

काउन्सिलको तथ्यांक अनुसार काउन्सिलमा देशभर ७८ हजार इन्जिनियरहरु छन् । तीमध्ये आधी भन्दा वढी इन्जिनियरहरु विदेशमा रहेको अनुमान छ । देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इन्निनियरहरु उत्पादन हुने तथ्यांकसमेत सार्बजनिक गरेका छन् ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले विदेश जानबाट विद्यार्थीलाई रोक्न ज्ञान मात्रै नदिई ज्ञानसँंगसँंगै शीप पनि दिनुपर्ने आवश्यकता औंल्याए, जसका लागि विश्वविद्यालय तहबाटै पाठ्यक्रम निर्माण गर्दा यसलाई ध्यान दिनुपर्ने उनकाे भनाइ छ । ‘हामीले उत्पादन गरेका विद्यार्थीसँंग अहिले प्रमाणपत्र हुन्छ, तर काम गर्न सक्ने हुँंदैनन्’ उनले भने । यही कारण प्रमाणपत्रसँंगै काम गर्नसक्ने बनाउनुपर्नेमा उनको जोड थियो ।

कलेजबाट चार वर्षे अध्ययन पूरा गरेका सिभिल एण्ड रुरल डिपार्टमेन्टका नव इन्जिनियर विद्यार्थीलाई शनिबार एक कार्यक्रमवीच विदाई गरेको थियो । कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्टको आयोजनामा एक भव्य कार्यक्रम गरी विद्यार्थीलाई विदाई दिइएको हो ।