विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीन विकल्प

विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीन विकल्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं- निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिब डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको अवस्थामा आयोगले सो विकल्प प्रस्तुत गरेको हो। आयोगले गरेको प्रारम्भिक अध्ययनअनुसार सो विकल्प अघि सारिएको हो।

अमेरिकाको दूतावासमा मतपेटिका राख्दैमा सबै क्षेत्रमा बस्नेहरूलाई भोट हाल्न सहज हँुदैन। अमेरिकाको कुनै एक ठाउँबाट भोट हाल्न अर्को ठाउँमा जानुभन्दा छिटो त नेपाल नै आइपुगिन्छ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनलाइन, हुलाक र मोबाइल एप्स गरी मतदानको तीन विकल्प हुन सक्ने बताउनुभयो।

यद्यपि सो विषय अध्ययनकै क्रममा रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो।विदेशमा बस्ने नेपालीले मतदान गर्ने विषयमा सरकारले कानुन बनाएपछि मात्र आयोगले विकल्पबारे किटानीका साथ भन्न सकिने पनि उहाँको भनाइ रहेको छ।याे खबर समाचारपत्रमा छ ।