विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने

विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ । विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ ।

संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पाति भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।

विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो ।यो समाचार आजको नयाँ पत्रिकामा छ ।