काठमाण्डु- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले पदभार ग्रहण गरेका छन्। सोमबार अध्यक्ष गरुङले पदभार ग्रहण गरेका हुन् ।
यसअघि उनी तरुण दलका कोषाध्यक्ष थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए ।
यसअघि अध्यक्ष रहेका जितजंग बस्नेत गत महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य बनेपछि तरुण दल नेतृत्वविहीन बनेको थियो । पूर्वअध्यक्ष रहेका बस्नेतले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनलाई कार्यक्रमका क्रममा धन्यवादसमेत दिइएको थियो ।
अध्यक्षमा पदभार ग्रहण गर्दै गुरुङले देशभरका तरुणहरुलाई पार्टीको पक्षमा गोलबन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपाल तरुण दलका नेता कार्यकर्ताको शीर झुकाउने छैन’, गुरुङले भने, ‘आउँदो निर्वाचनमा तरुण दल देशै भरी आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन लागि पर्ने छ।’




प्रतिक्रिया