काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलले शुक्रबार विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया