हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध हुन सक्ने सम्भावना (विज्ञप्तिसहित)

हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध हुन सक्ने सम्भावना (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागले समुद्री क्षेत्रबाट उत्पन्न मौसमी वायु प्रणाली नेपाल प्रवेश गरेको सूचनाअनुसार, विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा थप वर्षा, बाढी, पहिरो, चट्याङ, हुरी–बतास र डुवानको जोखिम बढेको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले विद्युतीय संरचनाहरूमा सम्भावित क्षति रोक्नका लागि सबै कर्मचारी तयारी अवस्थामा रहेको र विद्युत् सेवा अवरुद्ध भएमा यथाशक्य छिटो मर्मत गरेर सेवा पुन:सञ्चालन गर्न प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।

प्राधिकरणले उपभोक्ताहरूलाई प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमै बस्न, आकस्मिक अवस्थाबाहेक आवतजावत नगर्न, विद्युतीय उपकरणहरूको सावधानीपूर्वक प्रयोग गर्न र आधिकारिक सूचना मात्र अनुशरण गर्न आग्रह गरेको छ ।

विद्युत् सेवा अवरुद्ध वा संरचनामा क्षति पुगेमा तत्काल सम्बन्धित वितरण केन्द्र वा हेल्प डेस्कमा सम्पर्क गर्न र प्राधिकरणको हटलाइन नम्बर ११५० वा स्थानीय नो–लाइट नम्बरमा जानकारी दिन आग्रह गरिएको छ ।