काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको बताएकी छन् ।
आईतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी सदस्यताको विषय पुरानो भइसकेको बताइन् ।
उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ ।’
आईतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको एक्लाएक्लै भेटवार्ता भएको छ । भेटपछि भण्डारी पत्रकारलाई छोटो प्रतिक्रिया दिएर बाहिरिएकी छन् ।
उनले पार्टी अध्यक्षसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भएको दाबी गरेकी छन् ।
एमालेमा अध्यक्ष ओली पक्षधर नेताहरूले भने भण्डारीको सदस्यता होल्ड गरिएको, नवीकरण गर्न कमिटीले निर्णय गर्नुपर्ने लगायत तर्क राख्दै आएका छन् ।




प्रतिक्रिया