काठमाण्डु – नेकपा एमालेले गरेको निर्णयबारे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोलि शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेकी छन् ।
उनले शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन राखेकी छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने निर्णय गरेपछि धारणा सार्वजनिक गर्न उनले पत्रकार सम्मेलन आयोजना गरेकी स्रोतले जनाएको छ ।




प्रतिक्रिया