विराटनगर – पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले एमाले मोरङको पार्टी कार्यालय पुगेर जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेकी छन् ।
मंगलबार पार्टी कार्यालय पुग्नेबित्तिकै उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेकी हुन् ।
एमालेको प्रदेश र केन्द्रीय नेतृत्वले भण्डारी समूहलाई पार्टी कार्यालयमा कुनै कार्यक्रम नराख्न निर्देशन दिएको भए पनि उनले पार्टी कार्यालय पुगेर शालिकमा माल्यार्पण गर्दै नेता–कार्यकर्तालाई सम्बोधन गरेकी छन् ।
पार्टी कार्यालयमा उनलाई एमाले जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका नेताहरूले स्वागत गरेका छन् । जिल्ला र नगरको नेतृत्वमा भण्डारी समूहको वर्चस्व छ ।
एमाले संस्थापन पक्षले भने भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरेको बताइएको छ ।




प्रतिक्रिया