काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको स्थापनाभन्दा धेरै पहिले नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको स्मरण गरेकी छिन्।
काठमाण्डुको थापाथलीस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनीतिक यात्राको प्रारम्भिक अनुभव सुनाएकी हुन् ।
उनले भनिन् म भोजपुरमा जन्मिएकी हुँ। त्यतिबेला धनकुटामा ‘रातो झण्डा समूह’ भनेर परिचित संगठनसँग सम्पर्क थियो। त्यसैबाट क्रमशः कोअर्डिनेशन केन्द्र, त्यसपछि ‘माले’ अस्तित्वमा आयो। माले स्थापनाको पहिलो सन्देश फैलाउने काम पनि हामीले भोजपुरमै गरेका थियौं।”
उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) भएको भण्डारीको भनाइ छ ।
‘एमाले भनेको एकदमै के हो भन्ने परिरहेको होला । एकीकृत मार्क्सवादी, लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो अगाडि एउटा उपमा झुन्ड्यायो । हामी मार्क्सवाद, लेनिनवाद मान्छौं भनेका हौं,’ भण्डारीले भनिन्, ‘मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने छुट्टै थियो । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी भएको हो ।’




प्रतिक्रिया