एमालेमा सक्रिय पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीका लागि केन्द्रीय कमिटीको निर्णय पर्खिंदै

एमालेमा सक्रिय पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीका लागि केन्द्रीय कमिटीको निर्णय पर्खिंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जिम्मेवारीका लागि केन्द्रीय कमिटीको निर्णय पर्खिरहेकी छन् ।

मदन भण्डारी फाउन्डेसनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले एमालेमा आफू सक्रिय भइसके पनि कुन जिम्मेवारी दिने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले तय गर्ने बताइन् ।

पार्टीको विधान महाधिवेशनमा भाग लिने विषय सिन्द्धान्तत: दशौं महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भए पनि केन्द्रीय सदस्य र प्रतिनिधि नयाँ थपिएकाले पार्टीले यसबारे निर्णय गर्ने विश्वास व्यक्त गरिन् ।

दशौं महाधिवेशनमा भाग नलिएका व्यक्ति पनि केन्द्रीय सदस्य र प्रतिनिधि मनोनित भएको भन्दै मनोनयबाट आफू त्यसमा सहभागी हुनसक्ने आशा गरेकी छन् ।

उनी राष्ट्रपति हुँदा भएको संसद् विघटनबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गरेको बताएकी छन् ।