राष्ट्रपतिलाई कार्यकारी दिएर मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको तयारी


काठमाडौं – अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने भएको छ ।

त्यसका लागि नातेदाहरूले मिर्गाैला दिने कबुल गरिसकेका छन् । प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता ।

तर प्रत्यारोपणका लागि चाहिने स्वास्थ्यस्थितिको न्यूनतम सर्त पूरा नभएको अवस्थामा समय सर्न पर्न सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनआस्थालाई बताए ।

यसरी प्रत्यारोपणपछि कम्तीमा ३ महिना आराम गर्नुपर्ने बताइएको छ । त्यस अवधिमा सरकार वा पार्टीको पूर्ण जिम्मेवारी कसलाई दिने ? यसबारे केही दिनमै निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ । यसैबीच केही बुद्धिजीवीमार्फत कुरा बाहिर आएका छन्– राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रधानमन्त्री ओलीले आराम गर्ने ।

प्रचण्डले पनि ०६४ मा कार्यकारी राष्ट्रपतिको एजेन्डा बोकेर चुनाव लडेका थिए । नेपालमा बेलायती मोडलको संसदीय व्यवस्था छ । यदि त्यसो गरियो भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि रोक्न सक्ने अवस्था देखिँदैन ।

किनभने नेपाल वायुसेवा निगमको विवादास्पद वाइडबडी जहाज खरिदमा उनको संलग्नताका प्रमाणित आधारहरू छन् । त्यसैले विपक्षीले त्यस्तो कामलाई चुनौती दिन सक्ने सम्भावना छैन । यसबारे भित्र के पाक्दै छ, अहिलेसम्म सतहमा प्रकट भएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement