राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको संसद् सचिवालयले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्‍वान गर्ने गरिन्छ । आइतबारै मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्‍वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।