प्रधानमन्त्रीसहित शीर्ष नेतालाई शीतलनिवासमा राष्ट्रपतिको निम्तो

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई शीतलनिवासमा राष्ट्रपतिको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले पूर्वप्रधानमन्त्रीहरुलाई शीतल निवास डाकेकी छन् । एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेताहरुलाई बालुवाटार बोलाइएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, झलनाथ खनाललगायतका शीर्ष नेताहरूलाई छलफलमा डाकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले चियापान सहितको छलफल र भेटघाट आयोजना गरेकी हुन् । नेकपा स्थायी कमिटी बैठकमा एमसीसीका विषयमा छलफल भइरहेका बेला राष्ट्रपतिको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले संविधान संशोधनमा राष्ट्रिय एकता भएको खुसीयालीमा चियापानको अयोवजना गरिएको शीतल निवास स्रोतले जानकारी दियो ।