नेपालको इज्जत राख्न म्यानमारका नेपालीलाई राष्ट्रपतिको आग्रह


म्यानमार – म्यानमारको राजकीय भ्रमणका क्रममा राजधानी नेपितबाट पिनुइलिन पुगेकी राष्ट्रपती विद्यादेवी भण्डारीले आज यहाँस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी छन् ।

सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारमा बसेर पनि नेपाली भाषा संस्कृति रिती रिवाज र परम्पराको संंरक्षण गरेकोमा यहाँका नेपाली समुदायको प्रशंसा गरेकी हुन् ।

म्यानमार गोर्खा धार्मिक एसोसिएसनले राष्ट्रपतिको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा बोल्दै उनले आफ्ना पुर्वज जस्तै मेहनती लगनशील उद्धमी भएर नेपाल र नेपालीको इज्जत राख्दै म्यानमारको विकासमा सहयोगी बन्न म्यानमारका नेपालीलाई आग्रह गरेकी छन् ।

उनले भ्रमण वर्ष २०२० मा आफ्ना पुर्खाको भूमी नेपाललाई सम्झेर नेपाल भ्रमणमा आउन यहाँका नेपाली समुदायलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement