मदनको धर्मपत्नीले साइकल चलाउन जान्नुहुन्न: प्रधानमन्त्री ओली

मदनको धर्मपत्नीले साइकल चलाउन जान्नुहुन्न: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीकी धर्मपत्नी राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् ।

भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिले महँगो गाडी चढेको भन्ने आलोचनातर्फ लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले राष्ट्रपतिले महँगो गाडी चढेको भन्दै आलोचना गर्नेहरु आफैं गाडी चढ्ने गरेको पनि उनले बताए । ‘स्विडेनको राजा साइकलमा हिँड्छन् । तर, के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो । सधैं उनलाई गाडी नै नभएको त होइन । मदनको धर्मपत्नीले साइकल चलाउन जान्नुहुन्न । अनि साइकल नै चलाउनुपर्छ भन्ने ? ,’ उनले भने ।

उनले मदन भण्डारी साइकल चढेर हिँड्ने बताउादै राष्ट्रपति भण्डारीले स्टार्ट नहुने गाडी लिएर हिँड्नुपथ्र्यो भन्दै प्रश्न गरेका छन् ।

‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, अहिले उहाँकी श्रीमती गाडीमा हिँड्नुहुन्छ भन्दै आलोचना भएको छ’,ओलीले भने, ‘१६ करोडको होइन राष्ट्रपति हिँड्ने गाडी बाटोमा जाँदा जाँदै स्टार्ट बन्द हुने गाडी हुनुपर्ने ? उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्नुहुन्छ भन्ने गरेका छन्, तर नेपालमा १६ करोडको गाडी छ कि छैन ?’