उर्जामन्त्रीलाई राष्ट्रपति भण्डारीको निम्तो

उर्जामन्त्रीलाई राष्ट्रपति भण्डारीको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जामन्त्री वर्षमान पुनलाई शीतल निवास बोलाएकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला राष्ट्रपति भण्डारीले मन्त्री पुनलाई शीतल निवास बोलाएकी हुन् ।

उनले मन्त्री पुनसँग नेकपाभित्रको विवाद र समाधानका लागि विशेष भूमिका खेल्न आग्रह गर्न शीतल निवास बोलाएको स्रोतको दाबी छ ।

यसअघि राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादललाई बोलाएर नेकपाभित्रको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन् ।