राष्ट्रियसभाको अधिवेशन आह्वान

राष्ट्रियसभाको अधिवेशन आह्वान


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम राष्ट्रियसभाको अधिवेशन यही पुस १७ गते आह्वान गरेकी छन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बस्ने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् ।