राष्ट्रपतिले बोलाएको बैठकमा पुरुष मात्रै !

राष्ट्रपतिले बोलाएको बैठकमा पुरुष मात्रै !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पुरुष मात्र सहभागी भएका छन् ।

मंगलबार ४ बजे शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारी मात्रै महिला सहभागी भएकी थिइन् । सभा, जुलुस, संसदलगायत सार्वजनिक कार्यक्रमहरुमा महिला सहभागिताका सवालहरु उठ्ने गरे पनि व्यवहारिक रुपमा कार्यान्वयन भएको देखिँदैन ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई शीतल निवास बोलाएको बैठकमा महिलालाई सहभागी गराइएन । बैठकमा सम्बन्धित दलका अध्यक्षसहित दोस्रो तहका पुरुष नेताहरु सहभागी हुँदा महिलाको प्रतिनिधित्व शून्य थियो ।

सर्वोच्च अदालतले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले कानुन बमोजिम आफ्ना हरेक कमिटीमा ३३ प्रतिशित महिला सहभागिता पु¥याउन निर्देशन दिए पनि दलहरुले अदालतको आदेशको अवज्ञा गर्दै आइरहेका छन् ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दल नेता र मन्त्रीहरु उपस्थित थिए । सरकारमा रहेका पुरुषमन्त्री बैठकमा गए पनि महिला मन्त्रीको उपस्थिति शून्य थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल बैठकमा सहभागी थिए ।

केपी ओलीले नेतृत्व गरेको सरकारमा तीन जना महिला मन्त्री र एक जना राज्यमन्त्री छन् । जसमा कृषिमन्त्री पद्मा अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्वाहाम्फे, महिलामन्त्री जुली कुमारी महतो र उद्योग राज्यमन्त्री विमला विक रहेका छन् ।

राष्ट्रपति भण्डारीका सञ्चार सल्लाहकार टीका भण्डारी पार्टीले नै प्रतिनिधि छानेर पठाउनुपर्ने धारणा राखे । उनकाअनुसार राष्ट्रपति कार्यालयले व्यक्ति तोकेर बोलाउन मिल्दैन ।

राष्ट्रपतिले बोलाएको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री एवं डा बाबुराम भट्टराई सहभागी भएनन् ।

बैठकमा को–को गएका थिए ?

केपी शर्मा ओली– नेकपा एमाले

ईश्वर पोखरेल– नेकपा एमाले

सुवासचन्द्र नेम्वाङ– नेकपा एमाले

विष्णु पौडेल– नेकपा एमाले

रामबहादुर थापा– नेकपा एमाले

शेरबहादुर देउवा– नेपाली कांग्रेस

रामचन्द्र पौडेल– नेपाली कांग्रेस

विमलेन्द्र निधि– नेपाली कांग्रेस

शशांक कोइराला– नेपाली कांग्रेस

पुष्पकमल दाहाल– नेकपा माओवादी केन्द्र

नारायणकाजी श्रेष्ठ– नेकपा माओवादी केन्द्र

देव गुरुङ– नेकपा माओवादी केन्द्र

महन्थ ठाकुर– जनता समाजवादी पार्टी

उपेन्द्र यादव– जनता समाजवादी पार्टी

राजेन्द्र यादव– जनता समाजवादी पार्टी

राष्ट्रिय जनमोर्चा– चित्रबहादुर केसी

राप्रपा– डा. प्रकाशचन्द्र लोहनी

प्रेम सुवाल– नेपाल मजदुर किसान पार्टी

खिलराज रेग्मी– मन्त्रिपरिषद् अध्यक्ष