प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसद बैठक आह्वान

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसद बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । आइतबार साँझ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते अधिवेशन आह्वान गरेको सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।

बैठक वैशाख २७ गते सोमबार अपरान्ह १ बजे संविधानका धारा ९३ को (१) बमोजिमबैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।