सरकारले प्रदेश प्रमुखको नाम राष्ट्रपति कार्यालय पठायो

सरकारले प्रदेश प्रमुखको नाम राष्ट्रपति कार्यालय पठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नयाँ प्रदेश प्रमुखको नाम राष्ट्रपति कार्यालय पठाएको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नकेपा) सचिवालय बैठकबाट निर्णय भएका नाम अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको हो ।

नयाँ प्रदेश प्रमुखका लागि सरकारले धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (काश्की) , विष्णु प्रसाई (झापा)र गोविन्द कलौनी(डडेलधुरा), अमिक शेरचन(चितवन), तिलक परियार (बाँके)र शर्मीला त्रिपाठी(काठमाडौं) को नाम सिफारिस भएको हो ।

कसलाई कुन प्रदेशमा सिफारिस गरेको भन्ने खुलेको छैन । शेरबहादुर देउवा सरकारका पालामा नियुक्त भएका सातै प्रदेश प्रमुखलाई निकालेर सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी सिफारिस गरेको हो ।