काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई वैशाख ३० गते बिहीबार ९ बजेसम्म प्रधानमन्त्री पदमा नियुक्ती गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएको पत्र सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालयमा पठाएका थिए ।





प्रतिक्रिया