राष्ट्रपतिद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।