काठमाण्डु – शपथसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ प्रकरणपछि बिहीबार राष्ट्रपति कार्यालयबाट पारित शपथसम्बन्धी अध्यादेश शुक्रबार प्रकाशित भएको हो ।
गत वैशाख ३१ गते प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउँदा ‘प्रतिज्ञा गर्छु’ उच्चारण नगरी सपथकै बीचमा ‘त्यो पर्दैन’ भनेपछि शपथसम्बन्धी अध्यादेशको आवश्यकता महसुस गरिएको थियो ।
नयाँ ढाँचामा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द हटाएर ‘सपथ लिन्छु’ भन्ने राखिएको छ ।





प्रतिक्रिया