काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफरिसमा राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाकाे बैठक आह्वान गरेकी हुन् ।
बैठक साउन ३ गते दिउँसो ४ बजे बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै साउन ३ भित्र संसद बैठक बोलाउन आदेश दिएको थियो ।




प्रतिक्रिया