काठमाण्डु – राष्ट्रपति विद्या देवी भण्डारीले महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई आफ्नो उपस्थितिमा शपथ गराउन अस्वीकार गरेकी छन् । महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ ।
राष्ट्रपतिले अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै महान्यायाधिवक्ताको शपथ हुने भएको छ । सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।
यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए । यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको शपथ पछि बधाई नदिएको भनेर राष्ट्रपतिको आलोचना भइरहेको छ ।




प्रतिक्रिया