राष्ट्रपतिद्धारा विभिन्न ६ अध्यादेश जारी

राष्ट्रपतिद्धारा विभिन्न ६ अध्यादेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ६ वटा अध्यादेशजारी गरेकी हुन् ।

जसमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश रहेका छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको यी अध्यादेश संसदले अनुमोदन नगर्दा निष्क्रिय भएका थिए । अहिले फेरि संसद सञ्चालनमा नभएको बेलामा अध्यादेश ल्याइएको हो ।