काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले बुधबार आर्थिक विधेयक–२०७८ र राष्ट्र ऋण उठाउने विधेयक–२०७८ प्रमाणीकरण गरेकी हुन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकबाट पारित दुबै विधेयक सभामुख अग्नि सापकोटाले राष्ट्रपतिकहाँ पठाएका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउने बाटो खुलेको छ ।





प्रतिक्रिया