मताधिकार प्रयोग गरी लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न राष्ट्रपतिको आह्वान

मताधिकार प्रयोग गरी लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न राष्ट्रपतिको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न आह्वान गरेकी छन्।

 

 

 

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान भइरहेको छ।

 

 

 

राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरेकी छन्।

 

 

 

राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।