अपडेट : पोखरामा विद्या भट्टराई दोब्बर मतले अगाडी

अपडेट : पोखरामा विद्या भट्टराई दोब्बर मतले अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर मतले अगाडि छिन् ।

उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् । दुईबीच ४ हजार ५ सय ८३ मतको अन्तर रहेको छ ।

यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन् । राप्रपाका रोमबहादुर भण्डारीले १८६ मत ल्याएका छन् ।

हालसम्म भउको प्रारम्भिक नतिजा अनुसार नेकपा दोब्बर मतले अगाडि देखिएको छ । मतगणना जारी छ ।