काठमाण्डु – नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् ।
यसअघि लोसपाकी उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले कास्कीबाट निर्वाचित सांसद भट्टराइलाई उम्मेदवार उठाएको हो । भट्टराईले नेपालको संविधानको धारा ९१ एवम् प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा शान्ता चौधरी तथा समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ दलतर्फबाट नेपाली काँग्रेसकी पुष्पा भुसालले यसअघि नै उम्मेदवारी दर्ता गरिसकेकी छन् ।
अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ । भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।




प्रतिक्रिया