रवीन्द्रको चर्चा गर्दै विद्याले भनिन् : समृद्धिको सारथी बन्छु

रवीन्द्रको चर्चा गर्दै विद्याले भनिन् : समृद्धिको सारथी बन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छन् ।

चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आफू समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उनले रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्ने बताएकी छिन् ।