काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता चीन भ्रमणमा जाने भएकी छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारकाे निमन्त्रणामा जेठ १० गते बेइजिङ उड्ने भएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्च स्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका रहेको पूर्वराष्ट्रपतिको सचिवालय स्रोतले जानकारी दियाे ।
उनले एमाले नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ ।
उद्योगमन्त्री दामोदर भण्डारी र पूर्वमन्त्री तथा नेकपा एमालेका नेता कर्ण थापा लगायतको टोली भ्रमणमा जाने बुझिएको छ ।




प्रतिक्रिया