संविधानको कार्यान्वयनकै लागि फेरि उम्मेद्वारी– राष्ट्रपति भण्डारी


काठमाडौं– राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रपतिका लागि आफ्नो उम्मेद्वारी संविधान कार्यान्वयनकै सन्दर्भमा भएको बताएकी छिन् ।

उम्मेद्वार दर्तापछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफ्नो दुई बर्षे कार्यकालमा आफूले राष्ट्रपति पदको गरिमा र मर्यादालाई कायम राखी जनचाहनाको अनुरुप सकारात्मक काम गरेको बताइन् ।

‘मेरो राष्ट्रपतिमा उम्मेद्वारी संविधान कार्यान्वयन गर्ने सन्दर्भमै आएको हो । मैले संविधानको भावना बमोजिममै त्यसको कार्यान्वयनमा अघि बढ्ने हो’ उनले भनिन् । दुई बर्षे कार्यकालमा विवादमा पनि परेको भन्दै सोधिएको अर्को प्रश्नमा भण्डारीले भनिन् ‘मेरो कार्यकाललाई भित्री र बाहिरी दुई बाटोबाट हेरेको हुनुपर्छ । मैले संविधानले दिएको भूमिका प्रभावकारी रुपमा निर्वाह गरेको ठानेको छु ।’

आफू पहिला निर्वाचित हुँदा पनि सबै दलको समर्थन पाएको र अहिले पनि सबै दलको समर्थन पाउने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement