काठमाण्डु– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता लिएकी छिन् ।
बुधबार पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाएको सेवा सुविधा त्यागेको व्यहोराको पत्र गृहमन्त्रालयमा दर्ता भएको हो।
भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै गृहमा पत्र पठाएकी हुन् ।
भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।




प्रतिक्रिया