काठमाण्डु – काठमाण्डु महानगरपापलिकाका मेयर विद्या सुन्दर शाक्य कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । काठमाण्डुको एक होटलको आइसोलेसनमा बसिरहेका मेयर कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
गत भदौ १५ गते कोरोना संक्राण पुष्टि भएका मेयर होम आइसोलेसनमा भन्दै सोल्टी होटलको भिआईपी कोठामा बस्दै आएको खुलेको थियो । कोरोना संक्रमण नदेखिएकी उनकी श्रीमती पनि सोही होटलमा बसेकी थिइन् ।
उनले १३ औं दिनमा कोरोना जितेर घर फर्किएका हुन् । मेयर शाक्य केही दिन आराम गरेर नियमित काममा फर्किने उनको निजी सचिवालयले जनाएको छ ।




प्रतिक्रिया