म एमालेकै कार्यकर्ता भएकाले सदस्यताबारे धेरै छलफल गर्न आवश्यक छैन : विद्या भण्डारी

म एमालेकै कार्यकर्ता भएकाले सदस्यताबारे धेरै छलफल गर्न आवश्यक छैन : विद्या भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राजनीतिक गतिविधिलाई निरन्तरता दिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोशी प्रदेशको राजधानी विराटनगर पुगेकी छिन् ।

उनी सोमबार मध्यान्न उद्घोष दैनिकको वार्षिकोत्सवका लागि विराटनगर ओर्लीएकी हुन् । भण्डारीको स्वागतका लागि कोशी प्रदेशको राज्यमन्त्री सृजना राई विराटनगर विमानस्थल पुगेकी छन् ।

विराटनगर पत्रकारसँग बोल्दै भण्डारीले आफू एमालेको हितमा लागेको बताउँदै आफूलाई गुट चलाउन नआउने उललेख गरिन् । उनले भनिन् ‘म एमाले हो एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आँउदैन ।’

भण्डारीले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै रहेको र रहने बताइन् । उनले भनिन् ‘राष्ट्रपतिबाट फर्किएपछि मैले एमालेको सङगठित सदस्यको नवीकरण गरेको हुँ, म एमालेकै कार्यकर्ता भएकाले सदस्यताबारे धेरै छलफल गर्न आवश्यक छैन ।’