काठमाण्डु– संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ।
मंगलबार समितिको बैठकमा मस्यौदा विधेयक पूरै बाचन गरी विधेयकको प्रतिवेदन पास गरिएको हो।
विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पास भई राष्ट्रिय सभामा पठाइएको थियो। राष्ट्रिय सभाले दफावार छलफलका लागि विधेयन समितिमा पठाएको थियो।
समितिले पास गरेको विधेयक आज राष्ट्रिय सभाको बैठकमा पनि पास गरी प्रतिनिधि सभामा पठाउने तयारी भइरहेको छ।




प्रतिक्रिया