विद्युत प्राधिकरणले इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि दुरसञ्चार प्राधिकरणको आपत्ति

विद्युत प्राधिकरणले इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि दुरसञ्चार प्राधिकरणको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ । दुरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै राज्यको अति आवश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको रक्षा गर्नसम्वन्धित निकायसँग अग्रह समेत गरेको छ ।

पोलभाडा तिर्न नमानेको भन्दै विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण कार्यालयहरुमार्फत इन्टरनेट तथा केवलको लाइन काट्न सुरु गरेको छ । व्यवसायीहरुले प्राधिकरणको उक्त कार्यको विरोध गर्दै आएका छन् । एकतर्फीरुपमा जथाभावि पोलभाडा बढाएर उपभोक्तामाथि भार थोपर्न खोजिएको भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका हुन् ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै प्राधिकरणले सबै पक्ष बसेर आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । विद्युत प्राधिकरणले केवल लाइन काटेपछि देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवल सेवा अवरुद्ध बनेपछि व्यवसायीहरु आक्रोशित बनेका छन् ।