काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने बताएको छ ।
प्राधिकरणले आज एक सुचना मार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकाले खिम्ती-लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जानकारी दिएको हो ।
सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने जनाइएको छ ।
निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आपूर्ति गर्ने प्राधिकरणले जनाएको छ ।





प्रतिक्रिया