काठमाण्डु – नेकपा एमालेको राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np मंगलबार सार्वजनिक भएको छ ।
वेबसाइटको निर्माणको उद्देश्य केवल भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरणमा सीमित नभई, लोकतान्त्रिक मूल्य, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख सोच र अन्तर्राष्ट्रिय मित्रताको प्रवर्द्धनमा उनले दिएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउनु रहेको बताइएको छ ।
वेबसाइटमा पूर्वराष्ट्रपतिको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिको भूमिकाका साथसाथै अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार–अभिव्यक्तिहरू, तस्वीर सहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा अन्य सम्बन्धित अभिलेखहरू समेटएको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।





प्रतिक्रिया