सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् ।

काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् ।

पूर्व राष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको बताइन् । उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । ‘मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागि समेत अपरीहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ,’ उनले भनिन् ।

जनप्रतिनिधिलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिँदै पूर्व राष्ट्रपति भण्डारीले पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने विश्वास व्यक्त गरिन् ।