संविधान कार्यान्वयनको अभ्यास र अनुभव महत्वपूर्ण रहेको छ :राष्ट्रपति भण्डारी

संविधान कार्यान्वयनको अभ्यास र अनुभव महत्वपूर्ण रहेको छ :राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको बताएकी हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपतिले प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूलाई बधाइ दिँदै कार्यकालको सफलताको शुभकामना दिइन्।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र निस्पक्षरुपमा सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग,राष्ट्र सेवक कर्मचारी राजनीतिक दल र मतदाताहरूलाई धन्यवाद दिइन्।