काठमाण्डु – भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि ध्वस्त संसद भवनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गरेकी छन् ।
जेन–जीको आगजनीबाट खण्डहर बनेको भवन अवलोकनका लागि भण्डारी बिहीबार संसद भवन पुगेकी हुन् ।
उनले सङ्घीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने हल लगायतका क्षेत्रहरूको अवलोकन गरेकी थिइन्।
यसअघि उनले केही दिनअघि सिंहदरबारको अवलोकन गरेकी थिइन । भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका थिए ।












प्रतिक्रिया