काठमाण्डु – नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई सुदृढ बनाउँदै एमालेको ११ औँ महािधवेशनमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी छन्।
एमालेको ११औँ महाधिवेशनको अवसरमा शनिबार बिहान सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल हुने कामना गरेकी छन्।
मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता भएको उनले सन्देशमा भनेकी छन् ।
‘पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु,’उनले भनेकी छन् ।
भण्डारीले भनेकी छन्, ‘मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना !’




प्रतिक्रिया