काठमाण्डु- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ्य भएकी छिन् । उनको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उनको घाँटीमा संक्रमण छ । घाँटीको संक्रमणका कारण गएको शुक्रबार उनी अस्पताल भर्ना भएकी हुन् । घाँटीमा संक्रमणको लक्षण हुन सक्ने देखिएपछि परीक्षण भइरहेको अस्पतालका प्रशासनले जनाएको छ ।
मन्त्री भट्टराईको सचिवालयले भने घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेको जनाएको छ । मन्त्री भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल अस्पताल पुगेका छन् ।




प्रतिक्रिया