काठमाण्डु – सक्रिय राजनीतिमा आउने घोषणा गरेकी एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय बिहीबारदेखि औपचारिक रूपमा खुल्दैछ ।
काठमाण्डुको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो । भण्डारी पक्षले मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खोल्न लागिएको जनाएको छ ।
उक्त समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् । समितिकी संरक्षक समेत रहेकी भण्डारीले दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने कार्यक्रम छ ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ ।
अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए ।




प्रतिक्रिया