काठमाडौंका यी स्थानमा आज काटिँदै छ बत्ति

काठमाडौंका यी स्थानमा आज काटिँदै छ बत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचनामार्फत आज बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणले यस फिडरअन्तर्गत ती स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।