‘बिग बोस’ १४ औं संस्करणको बिजेता बनिन् रुबिना दिलैक


काठमाण्डु – भारतीय रियालिटी शो ‘बिग बोस’को १४औं संस्करणको उपाधि टेलिभिजन कलाकार रुबिना दिलैकले जित्न सफल भएकी छन् ।

‘छोटी बहु’ टिभी शोबाट चर्चामा आएकी ३३ वर्षकी रुबिनाले बिजेता बनेसँगै ३६ लाख भारू रुपैयाँ पाएकी छन् । शोका सञ्चालकसमेत रहेका अभिनेता सलमान खानले आइतबार राति विजेताको नाम घोषणा गरेका हुन् ।

विजेता घोषणा गर्नुअघि सलमानले सबै प्रतिष्पर्धीलाई १४ लाख भारू लिएर सो छोडेर जान सक्ने विकल्प दिएका थिए । उक्त निर्णय गर्न उनीहरूलाई ३० सेकेन्ड समय दिइएको थियो ।

रुबिना आफ्ना पति अभिनव शुक्लासँगै सोमा गत अक्टोबरमा सहभागी भएकी थिइन् । उनलाई दर्शकले धेरै मन पराएका थिए ।

राहुल वैद्य यो सिजनका फर्स्ट रनरअप बनेका छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि फर्स्ट रनर अप भएका थिए ।

बिग बोसका सञ्चालक सलमानले आगामी आठ महिनाभित्र अर्को सिजनको बिग बोस ल्याएर आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement