सिजी डिजिटलले ‘बिग सिजी डे २२.२.२२’ मनाउँदै

सिजी डिजिटलले ‘बिग सिजी डे २२.२.२२’ मनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल ईकमर्स ले बिग सिजीडे २२.२.२२ योजना ल्याएको छ।बिग सिजीडे योजना प्रत्येक साल एक विशेष योजनाका रुपमा“सि.जी.डे” ईकमर्सले मनाउने पनि जानकारी गराएको छ।

यस योजनामा चौधरी ग्रुप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आर्कषक छुटमा यहि फागुन १० देखि फागुन १६ गते सम्म उपलब्ध हुनेछ । यस योजनामा निशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैककार्ड छुट र सरल किस्ताबन्धि, अतिरिक्त छुट कुपन, साथै पहिलो २२ जना ग्राकहलाई २,२०० सय बराबरको फ्रि-गिफ्ट, जस्ता विशेष सुविधा र छुटहरु पनि उपलब्ध रहेको छ ।

बिग सिजीडे २२.२.२२ मा सिजी. ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स, सिजी फुड्स, सिजी नेट, सिजी हिल्स्,सिजी एजुकेशन, सिजी हस्पिटालिटि, सि.जी. सिमेन्ट, सि.जी. पे र युनाइटेड इन्सुरेन्सका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको छ।

यो बिग सिजीडे www.cgdigital.com.np अथवा सिजी डिजिटल एपमा लगिन गरि यस बिग सिजीडेको अफरहरुको फाईदा ग्राहकवर्गहरुले उठाउन सक्नेछन्।